Comments Add Comment

Advertisment

SKIP THIS

पोखराको पुुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख रुपैया संकलन

६ वैशाख , काठमाडौ । पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबारसम्म ४७ लाख रुपैया संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए ।

महायज्ञमा पर्यटन व्यवसायी योगन्द्रमान शाक्यले १५ लाख रुपैया सहयोग गरेका छन्। त्यसै गरी गरिमा विकास बैंकले पुनः १० लाख रुपैया महायज्ञमा आर्थिक सहयोग गरेको छ । यस अघिको महायज्ञमा १० लाख सहयोग गरेको बैंकले दोश्रो महायज्ञमा पुनः सहयोग गरेको हो । मनकामना केवलकारका संचालक राजेशबाबु श्रेष्ठले दोश्रो महायज्ञमा पनुः ५ लाख रुपैया सहयोग गरेका छन ।

 

 

बागलुङ निवासी हाल पोखरा गलेश्वरचोक बस्दै आएका रिदम चापागाईले २ लाख ११ हजार १ सय ११ रुपैया ११ पैसा सहयोग गरेको आर्थिक उपसमिति संयोजक बरालले जनाए । महायज्ञको तेश्रो दीन मंगलबार पोखरा र पोखरा भन्दा बाहिरबाट दाताहरुको उल्लेखनिय रुपमा सहभागिता हुने भएको उनले बताए ।

२०७३ फागुन ३ देखि १३ गतेसम्म संचालन भएको महायज्ञबाट ६ करोड २८ लाख नगद सहित २० रोपनी जग्गा प्राप्त भएको बताएका समितिका अध्यक्ष चन्द्रकान्त बरालले यस पाली करिब ६ करोड संकलन हुने अपेक्षा गरिएको जनाए ।

परिमार्जीत परियोजना अन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको अध्यक्ष बरालले बताए । ४० करोडको उक्त परियोजना अन्र्तगत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो बिशाल डम्मरु, बिशाल महादेवको बिशाल क्षेत्र कुण्ड९गंगा पोखरी०, १ सय ८ स्वर्गद्धारी सिढि निर्माण भएको उनले जनाए ।

त्यसै गरी एक सय ८ धारा सडित तेश्रो आँखा, २ सय १६ शिव लिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्यि ध्यान केन्द्र, मनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकिय भवन, सौचालय लगायतका भौतिक संचरना निर्माण भएको अध्यक्ष बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै