Comments Add Comment

Advertisment

SKIP THIS

हेटौंडाको मेयरकी उम्मेदवार लामाले दिइन् राजीनामा

१० बैशाख , काठमाडौं । हेटौँडा उपमहानगरपालिकाकी मेयर पदकी उम्मेदवार मीना कुमारी लामाले उपमेयर पदबाट राजीनामा दिएकी छन् । उनले मेयर हरिबहादुर महतसमक्ष राजीनामा दिएकी हुन् ।

सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा एकीकृत समाजवादी पार्टीकी उनको नाम मेयर पद उम्मेदवारी दिनेगरी टुंगो लागिसकेको छ। शनिबार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको बैठकले हेटौंडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालिन नेपाली काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन् । पछि उनी एमाले विभाजन हुँदा समाजवादीतिर लागेकी थिइन् ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै