१२ असार , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनले मंगलबार फेसबुकमार्फत आसन र भाषणमा रमाउन नसकेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । ‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन् ।