Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको करिब रु ४० लाखसहित एक युवकलाई पक्राउ

८ असार, काठमाडौ । महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब रु ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ,साहले जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको पसल) सञ्चालन गर्दै आएका छन् ।

टीभीएस कम्पनीको अनटेस्ट मोटरसाइकमा चढेर मटिहानीबाट जनकपुर जाँदै गरेका साहलाई मटिहानी नगरपालिका–९ स्थित विग्ही नदीको पुलमाथि प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रु ३९ लाख ८० बरामद भएको हो ।

पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment