Comments Add Comment

Advertisment

SKIP THIS

डीआईजी मोहन कुमार आचार्यले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हादै

१३ बैशाख , काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहन कुमार आचार्यले सुदूरपश्चिम प्रदेश प्रहरी दिपायलको प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

हिजो देखि सुदूरपश्चिम प्रदेश दिपायलको प्रहरी प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक मोहन कुमार आचार्यले आफ्नो पदभार ग्रहण गरेका हुन । नेपाल सरकार तथा गृह मन्त्रालयको मिति २०७९ वैशाख ०९ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक मोहन कुमार आचार्यको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दिपायल सरुवा भएको थियो । तत्कालिन सुदूरपश्चिम प्रदेश प्रहरी दिपायलका डीआईजी पुरुषाेत्तम कंडेलको सरुवा गरेर उनको ठाउँमा मोहन कुमार आचार्यलाई पदस्थापन गरिएको थियो ।

डीआईजी मोहन कुमार आचार्यले सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय दिपायलमा पुगेर सोमबार देखि नै प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् । डीआईजी मोहन कुमार आचार्यलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा प्रहरी वरिष्ठ उपरीक्षक,प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक लगायतका प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment