Comments Add Comment

Advertisment

SKIP THIS

सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ

१६ वैशाख , काठमाडौ । काठमाडौंको सिनामंगलबाट युवक अपहरण गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले  news24galaxy.com लाई बताए । पक्राउ पर्नेमा रुकुम घर भएका सञ्जन वलीसहित निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने रहेका छन् ।

एकजना युवकलाई अपहरण गरेर स्कोर्पियोमा हालेको सूचनाका आधारमा आरोपीहरुलाई पक्राउ गरिएको एसपी मैनालीले बताए । उनले भने– ‘घटनाबारे थप अनुसन्धान हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment