Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष कुसुम सिंहले कार्यभार सम्हालिन

काठमाडौं । नेपाल प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष कुसुम सिंहलाई सनिवार आयोजित एक कार्यक्रमबीच सोही सघंका पदाधिकारीहरुले संघको कार्यालय भृकुटीमण्डपमा हार्दिक स्वागत गर्नुभएको छ ।

सो अवसरमा अध्यक्ष सिंहले नाफारहित र सेवामुलक संस्थाको रुपमा कार्य गर्दै आएको संघले विगतदेखि अंगीकार गर्दै आएका कार्यहरु समाजमुखी रहेको बताउनुभयो ।

समाजसेवाको पवित्र उद्धेश्य राखी स्थापित संघले संचालन गर्दै आएका गतिविधिलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउँदै निरन्तरता दिने र आवश्यक सुधार समेत गर्दै लैजाने उल्लेख गर्दै उहाँले यस कार्यमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा संघकी प्रशासन सचिव सुमि लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कुसुम सिंह नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहको श्रीमती हुन् । सिंहले आईजीपीको जिम्मेवारी सम्हालेसँग महिला संघको अध्यक्ष आईजीपीको श्रीमती बन्ने परम्परा छ ।

नेपाल प्रहरी २४ सै घण्टा समाजसेवामा व्यस्त हुन्छन् । कतिपयलाई लाग्न सक्ला २४ सै घण्टा समाजसेवामा लाग्ने प्रहरीका श्रीमतीले कसरी दिन बिताउलान् ? तर, प्रहरीका श्रीमतीहरुले पनि सङ्घ स्थापना गरी सामाजिक सेवाको क्षेत्रमा काम गरिरहेका छन् । ‘सेवा नै धर्म हो’ भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीका श्रीमतीहरूको ‘नेपाल प्रहरी श्रीमती संघ ’ सामाजिक सेवाका लागि अभिप्रेरित भई राष्ट्रसेवा र राष्ट्रमा समयसमयमा आउने विभिन्न प्रकारका दैवी प्रकोपको क्षेत्रमा काम गर्न क्रियाशील छ ।

श्रीमान् प्रहरी महानिरीक्षक भएपछि स्वतः श्रीमती संघको अध्यक्ष बन्ने परम्पराअनुसार स्थापना भएको सङ्घले शिक्षा, स्वास्थ्य, खेलकूद, आर्थिक क्षेत्रको सुधार, विकास र उन्नतिका क्षेत्रमा काम गर्दै आइरहेको छ । गैरराजनीति र मुनाफारहित संस्थाको रूपमा विसं २०४१ मा स्थापना भएको संघले आफूसँग भएको सीमित स्रोत र साधनले समाजको उन्नति, प्रगति र विकासका लागि काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै