Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटका १८ मध्ये ४ पालिकामा नयाँ र १४ मा पुरानै उम्मेदवार

२६ बैशाख , काठमाडौं । शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनमा रौतहटका १८ मध्ये ४ पालिकामा नयाँ अनुहार उम्मेदवार बनेका छन् । बाँकी १४ पालिका प्रमुखमा भने पुरानै अनुहार दोहोरिएका छन् । रौतहटका १६ नगरपालिका र २ वटा गाउँपालिका रहेका छन् । गौर नगरपालिकामा लोसपाबाट अजयकुमार गुप्ता, राजदेवीमा नेपाली काँग्रेसका धीरेन्द्र प्रसाद सिंह, दुर्गा भगवती गापामा काँग्रेसकै अरुणकुमार साह, माधवनारायण नपामा जसपाको वीरेन्द्र यादव, गढीमाई र वृन्दावनमा काँग्रेसकै श्यामप्रसाद यादव, रामस्नेही यादव चुनावी मैदानमा उत्रिएका छन् ।

त्यसैगरी गुजारामा जसपाका सन्तलाल चौधरी, फतुवा विजयपुरमा नेपाली काँग्रेसबाट गोपाल यादव, मौलापुरमा एमालेका रिनाकुमारी साह, बौधीमाईमा जसपाका राजिवरन्जन यादव, परोहामा काँग्रेसका शेख वकिल, इशनाथमा एमालेका सन्तोष कुमार मेहता, कटहरियामा एमालेका सियाराम कुश्वाहा, जसपाका गरुडामा अनिलकुमार यादव सहितका व्यक्तिहरु चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

यसैगरी चन्द्रपुर, राजपुर, देवाही गोनाही र यमुनामाईसहित चार वटा पालिकामा नयाँ अनुहार प्रमुख पदमा उम्मेदवारी दिदै मैदानमा ओर्लिएका छन । चन्द्रपुरमा काँग्रेसको टिकटबाट २०७४ सालमा निर्वाचित रामचन्द्र चौधरीलाई यसपालि टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका छन् । चन्द्रपुरमा काँग्रेसले सञ्जय काफ्लेलाई उम्मेदवार बनाएर चुनावी प्रतिष्पर्धामा उतारेका छन् । यस्तै देवाही गोनाही नपाको निवर्तमान मेयर धर्मेन्द्र पटेल भ्रष्टाचार मुद्दामा फसेपछि आफ्नो श्रीमतीलाई मेयरको उमेदवार बनाएर मैदानमा उतारेका छन् ।

रौतहटको १८ वटै पालिकाका प्रमुख उपप्रमुख तथा वडा अध्यक्षका नया तथा पुरानोहरु सडक, नाला, स्वास्थ्य ,शिक्षा, खानेपानी,भौतिक पुर्वाधार निर्माण लगायत मानिसलाई चाहिने आधारभूत आवश्यक्ताहरु पुरा गर्न तथा अधुरो काम पुरा गर्न भन्दै चुनावी मैदानमा मतदाताहरूलाई रिझाउनमा व्यस्त रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै