Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँलाई कान्तिपुरी नगरी बनाउँछु : सुनिता डंगोल

२७ वैशाख, काठमाडौं । एमालेबाट काठमाडौँ महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौँलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन् ।

काठमाडौँमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विश्वको कुनै सहर जस्तो होइन काठमाडौँलाइ कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताइन् ।

‘काठमाडौँलाई कतिले विश्वका कुनै सहरजस्तो बनाउँछु भने,’ उनले भनिन्, ‘तर, काठमाडौँलाई कुनै विश्वको सहरजस्तो होइन काठमाडौँ जस्तै, कान्तिपुर नगरी सहर बनाउँछु ।’

काठमाडौँको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने भन्दै उनले देशको विकासकै लागि नै एमाले सरकारको आवश्यक रहेको बताइन् सहभागीको जवाफ माग्दै सम्बोधन गरेकी उनले विकास र समृद्धिको सपना पूरा गर्न एमालेलाई जिताउनुपर्ने बताइन् ।

जनमतको कदर गर्ने र अपेक्षा पूरा गर्ने आश्वासन दिँदै उनले एमालेलाई मत दिन आह्वान गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै