Comments Add Comment

Advertisment

SKIP THIS

झडप हुँदा दुई जना घाइते

२८ वैशाख, काठमाडौं । मंगलबार राति १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता ३६ वर्षीय सुनिल बिक र २६ वर्षीय इन्द्र बिक छन् । दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी रामप्रसाद घर्तीका अनुसार आफ्ना कार्यकर्ता घाइते भएपछि एमालेका कार्यकर्ता आक्रोशित बनेका थिए । उनीहरूले केही बेर प्रहरीसँग पनि विवाद गरेका थिए ।

प्रहरी र एमाले कार्यकर्ताबीच विवाद हुँदा चार जना प्रहरी सामान्य घाइते भएको घर्तीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment