२९ वैशाख, काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ ।
प्रहरीका अनुसार अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा करिब २०-२५ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ । ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ । अरुलाई पनि ल्याउदै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । घाइतेहरूको उद्धारको काम भइरहेको छ ।







