Comments Add Comment

Advertisment

SKIP THIS

मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप

२९ वैशाख, काठमाडौं । सिरानचोक गाउँपालिकाले मतदाता प्रभावित पार्ने गरी वडा नम्बर ७ स्थित श्रीनाथकोटमा मौन अवधिमा सडक सर्भे गरेकाे आराेप छ । बिहीबार गाउँपालिकाका प्राविधिक टोलीले उक्त ठाउँमा सडकको सर्भे गरेको स्थानीय विकास पाण्डेले बताए ।

उनले भने, ‘बिहान गाउँपालिकाका दुई जना प्राविधिक टोली आएर सडक सर्भे गरेका छन् । प्रहरीलाई खबर गरेपछि प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर गएको हो ।’

प्राविधिकहरू शिशिर भट्ट र पारस चन्दलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जौवारीका प्रमुख इन्स्पेक्टर प्रकाश पौडेलले जानकारी दिए ।

प्रहरीले उनीहरूलाई जनकल्याण माविको मतदान केन्द्रमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै