Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकामा फेरि गोली प्रहार, एक जनाको मृत्यु

०२ जेठ , काठमाडौं । लस एन्जलस नजिकैको एउटा चर्चमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने चार जना ‘गम्भीर’घाइते भएका छन् ।

न्युयोर्कको एउटा सुपर मार्केटमा भएको बन्दुक हमलाको भोलिपल्ट चर्चमा आक्रमण भएको हो । सो आक्रमणमा १० जना मारिएका थिए ।

‘चर्च हमलामा चार जना गम्भीर घाइते भएका छन्’,ओरेन्ज काउन्टी सेरिफ विभागले भनेको छ। घाइते एक जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ । घाइतेहरू सबै जना वयस्क भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

आक्रमणमा संलग्न रहेको आशंकामा एक शंकास्पद पक्राउ परेका छन् । त्यस्तै, घटनास्थलमा प्रयोग भएको अनुमान गरिएको एउटा बन्दुकसमेत फेला परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै