Comments Add Comment

Advertisment

SKIP THIS

फेदीखोलामा एमाले विजयी

२ जेठ , काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का घनश्याम सुवेदी विजयी भएका छन् ।

उनले नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित भएका सुवेदीले तीन हजार ८३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका लक्ष्मीप्रसाद बरालले तीन हजार ७०४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ विजयी भएका छन् । उनले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई एक हजार ५९९ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी भएका हुन् ।

एमालेकी देउकुमारी गुरुङले तीन हजार ९७८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले दुई हजार ३७९ मत प्राप्त गरेका छन्। फेदीखोला गाउँपालिकामा १२ हजार १६५ जना मतदाता रहेकोमा आठ हजार १३९ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएका सुवेदी यसपटक पुन: गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै