Comments Add Comment

Advertisment

SKIP THIS

अहिलेसम्म १०९ कांग्रेस, ६४ एमाले, ५१ स्थानमा माओवादी विजयी : कसको अग्रता कति ?

०३ जेठ , काठमाडौं । स्थानीय तहको निर्वाचनको पछिल्लो परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेस १०९ ठाउँमा विजयी हुँदै पहिलो दल बनेको छ। देशभरका २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक हुँदा कांग्रेस पहिलो दल बनेको हो।

कांग्रेसले १०९ स्थानमा प्रमुख र उपप्रमुख जितेको छ भने एमालेले ६४ पालिकामा जित हात पारेको छ। नेकपा (माओवादी केन्द्र) भने ५१ ठाउँमा विजयी भएको छ।

सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीलगायत साना दललेसमेत केही ठाउँमा जित निकालेका छन्।

१०९ ठाउँमा विजयी हुँदा कांग्रेसले दुई सय ५ ठाउँमा अग्रता लिएको छ। एमालेले ६४ स्थानमा विजयी हुँदा १२२ ठाउँमा अग्रता लिएको छ। माओवादी केन्द्र ५१ ठाउँमा विजयी हुँदा ६४ ठाउँमा अग्रता लिइराखेको छ।

एकीकृत समाजवादीले ४ ठाउँमा विजयी हुँदा १८ ठाउँमा अग्रता लिएको छ। जनता समाजवादीले २ ठाउँमा जित निकाल्दा २७ ठाउँमा अग्रता लिएको छ। लोकतान्त्रिक समाजवादी पार्टीले प्रमुख पदमा ११ ठाउँमा अग्रता लिए पनि विजयी हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै