Comments Add Comment

Advertisment

SKIP THIS

दाङ प्रहरीको सफलता : चितुवाको छाला र कस्तुरीसहित ५ जना पक्राउ

.(सागर थापा)

६ भदौ , काठमाडौ ।  जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीले बहुमुल्य कस्तुरीको बिना सहित दुईजनालाई पक्राउ गरेको छ ।

कस्तुरी बिना र चितुवाको छालासहित पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ ।

घोराहीको होटेल टुडे प्लाजाबाट कस्तुरीको बिना सहित घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसीलाई भदौ ५ गते पक्राउ गरेको हो ।

प्रहरीले अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेस काफ्ले जानकारी दिनुभएको छ । कस्तुरी बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम छ । त्यसैगरी दाङ प्रहरीले चितुवाको तीनवटा छाला सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बैतडीका प्रदिपकुमार विक,विमल औजी र हेमन्त औजीलाई अमिलियाबाट पक्राउ गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment