Comments Add Comment

Advertisment

SKIP THIS

भ्रष्टचार गरेको प्रमाणित गर्न ओलीको चुनौती

१२ जेठ , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरुले आफुप्रति भ्रष्टचार गरेको भनेर टिकाटिप्पणी गरेको भन्दै भ्रष्टचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् । ओलीले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने भन्दै प्रश्न गरे ।

उनले आफुलाई भ्रष्टचारको आरोप लगाउनेहरुलाई आफ्नो सम्पत्ति राज्यका नाममा दान गर्न चुनौती दिए । उनले रिजर्भ बैंकमा पैसा रहेको अफवाह फैलाउने काम भएको भन्दै त्यसको छानबिन गर्न पनि चुनौती दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै