Comments Add Comment

Advertisment

SKIP THIS

महिलाकै सहयोगमा युवतीमाथि पालैपालो करणी , तीनजना पक्राउ

१७ जेठ , काठमाडौं । मानव बेचबिखन तथा जबर्जस्ती करणी सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–१० घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की), मोरङको कटहरी गाउँँपालिका–४ घर भई हाल पर्सा वीरगञ्ज –८ बस्ने २५ वर्षीय सुरजकुमार साह, जुम्ला जिल्ला हेमा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी छन्।

वीरगञ्ज–८ स्थित एउटा रेस्टुरामा काम गर्ने सुरजले जेठ ५ गते काठमाडौँकी २५ वर्षीया एक युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज ल्याएर बसपार्कस्थित एउटा होटलमा राति पटक–पटक करणी गरेको प्रहरीको आरोप छ।

जेठ १० गते लक्ष्मीले युवतीलाई विवाह गराइ दिन्छु भनेर झुक्याई हरिचन्द्रनाथको जिम्मा लगाएको प्रहरीको दाबी छ।प्रहरीका अनुसार वीरगञ्ज–१६ फूलबारी टोलमा डेरा गरी बस्ने हरिचन्द्रनाथले युवतीलाई कोठामा लगि मानसिक र शारीरिक यातना दिई पटक–पटक जबर्जस्ती करणी गरेका थिए।जेठ १४ गते राति ९ बजे पीडित युवती हरिचन्द्रको कोठाबाट भागेर आफन्तको सम्पर्कमा पुगेपश्चात घटना बाहिर आएको हो। युवतीको बयानपछि तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले तीनै जनालाई जबर्जस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान अघि बढाइएको जनाएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment