Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुरबाट ५० किलो लागू औषध गाँजासहित एकजना पक्राउ

२० जेठ , काठमाडौं । मकवानपुरबाट प्रहरीले ५० किलो ४०० ग्राम लागू औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नं.१० थाना बेला घर भई हाल जिल्ला महोत्तरी औरही नगरपालिका वडा नं. ७ सोनामाई बस्ने ३७ वर्षीय राजेश चौधरीलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका-१ राप्तिरोडस्थित पुर्वपश्‍चिम लोकमार्ग सडकमा नेवारपानी तर्फबाट हेटौडा आउँदै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै