Comments Add Comment

Advertisment

SKIP THIS

धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु

२३ जेठ , काठमाडौं । धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु भएपछि खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाका २९ वर्षीय मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । आपसी विवादका क्रममा धकेलेर लडाउँदा गम्भीर घाइते भएका सोही ठाउँका ६९ वर्षीय हरिप्रसाद राईको मृत्यु भएपछि मनकुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

धकेलिएर लडेपछि गम्भीर घाइते भएका वृद्धको न्युरो अस्पताल काठमाडौँमा उपचारका क्रममा आइतबार राती मृत्यु भएको हो । अभियुक्तले १९ जेठको राति आपसी विवादमा धकेलेर लडाउँदा हरिप्रसाद गम्भीर घाइते भएका थिए । घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

पाँचथरमा भीरबाट लडेर वृद्धको मृत्यु

कुटपिटबाट वृद्धको मृत्यु

Advertisment