Comments Add Comment

Advertisment

SKIP THIS

जीप दुर्घटनामा चालक र सहचालकको मृत्यु

२२ माघ, स्याङ्जा। बिरुवा गाउँपालिकामा ३ धोबादीमा बोलेरो जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । यहाँ ग१झ ५९३९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा बिरुवा ३ कै जीप चालक २७ वर्षीय बेल बहादुर थापा र सहचालक २० वर्षीय भेषबहादुर थापाको मृत्यु भएको हो ।

बिरुवा बजारमा सुत्केरी छाडेर धोबादी फर्कने क्रममा मोडबाट तल झरेको हो । धोवादी खालीमा बोलेरो जीप सडकबाट करिब १२० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

बिहान खरबारीमा घास काट्न जाने मानिसले देखेपछि प्रहरीलाई खबर गरेको अधिकारीले बताउनुभयो । घटना कतिबेला घटेको हो खुल्न नसकेको र घटनाको थप अनुसन्धान अगाडी बढाएको अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment