Comments Add Comment

Advertisment

SKIP THIS

रञ्जु दर्शना र मानुषी यमीले काठमाडौंबाट उम्मेदवारी दिने

२५ जेठ , काठमाडौं । आगामी प्रतिनिधिसभाको निर्वाचनमा रञ्जु दर्शना र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई उम्मेदवार बन्ने भएका छन् ।

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर प्रमुखका लागि भएको प्रतिस्पर्धामा उनले तेश्रो स्थान पाएकी थिइन् । उनले २३ हजार ४ सय ३९ मत पाएकी थिइन् ।

मानुषी यमीको भने काठमाडौं क्षेत्र नम्बर ५ वडा या ७ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वचनमा उम्मेदवार बन्ने उनको तयारी छ । भट्टराईले आफूलाई चुनाव लड्न प्रस्ताव आएको र आफूले स्वीकारेको बताए ।

यसअघि २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीकी नेता तथा मानुषीकी आमा हिसिला यमी काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भएका थिए । तर २०७० सालको संविधानसभामा सोही क्षेत्रमा पराजित भए । त्यसपछि भने हिसिलाले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै