Comments Add Comment

Advertisment

SKIP THIS

मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरणमा गम्भीर हुन गृहमन्त्रीको निर्देशन

२९ जेठ , काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाँणले मनसुनजन्य विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी तथा प्रतिकार्यमा गम्भीर हुन निर्देशन दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा उनले मनसुन सुरु भएसंगै विपद्का घटना हुनसक्ने भएकाले तयार रहन निर्देशन दिएका हुन् ।

त्यस्तै उनले विपद् जोखिमको तयारी, जनशक्तिको अवस्था एवम् साधन स्रोतको विवरणसहितको विस्तृत कार्य योजना पेश गर्न पनि निर्देशन दिए ।

विपदको सामना गर्न राज्यका सबै निकायले एकीकृत योजना बनाउनुपर्ने मन्त्री खाँणको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै