Comments Add Comment

Advertisment

SKIP THIS

बाढीले बगाएर एकको मृत्यू, दुई जनाको सशस्त्र प्रहरीद्वारा उद्वार

सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका १ स्थित धरान चतरा सडकखण्डको बाघ खोलामा असार ५ गते वर्षाको कारण आएको बाढीले को २ ह ९७८५ नम्बरको अटोलाई बगाउँदा उक्त अटोमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जनालाई सशस्त्र प्रहरीले उद्वार गरेको छ ।

धरानबाट चतारातर्फ जाँदै गरको सो अटोलाई बाढीले बगाउँदा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ चतराघाट बस्ने १७ बर्षिया ईस्थिविना राईको मृत्यु भएको हो ।

सशस्त्र प्रहरीले अटो चालक धरान उपमहानगरपालिका १७ बस्ने ३३ वर्षिय राजु राईलाई सकुशल उद्धार गरेको छ भने गम्भिर घाईते भएकी रसुवा जिल्लाको गोसाईकुण्ड नगरपालिका ३ बस्ने १८ वर्षिया आलिया तामाङ्गलाई उद्धार पश्चात तत्कालै उपचारको लागि चतरा अस्पतालतर्फ पठाइएको छ ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट सशस्त्र प्रहरीको टोली खटिई गई उनीहरुको उद्वार कार्यमा जुटेको थियो ।

सडकबाट करीव ५ सय मिटर तल फेला परेको उक्त अटोलाई सशस्त्र प्रहरीले सो ठाउँबाट निकाली ईलाका प्रहरी कार्यालय चतरामा बुझाएको छ भने राईको शव पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै