अहिले सवभन्दा बढी समस्या र जनताको ढाड सेकिएको क्यान्सर रोग महंगीको हो ।
नुनदेखि सुनसम्मको महंगीको मारमा परेका जनताको अझै पनि गाँस, बास, कपास, शिक्षा , स्वास्थ्य र रोजगारीको भरपर्दो आधार फेला पर्न सकेको छैन ।
अझ जनताको लागि अर्को सास्ती त रास्टृय परिचयपत्र बनाउनको लागि हो । बिहाल ३ बजेदेखि लाइन लाग्दा पनि दिउँसो तीन बजे पनि पालो आउंदैन भने यो जस्तो बिडम्बना के हुनसक्छ ! संसार डिजिटल प्रणालीमा कहाँ पुगिसक्यो तर हाम्रो देश र यहाँको प्रशासन भने उहीँ पुरानै ढांचामा चलिराखेको छ ।
हिमाली क्षेत्रमा डंढेलो लाग्न थाल्यो । न्यायाधीस – वकिल घुस बार्तालाप प्रकरणले लियो उग्र रुप । न्यायपरिषदले छानबिन थालेको छ ।
यो प्रकरणले न्यायालयलाई बिकृतिको भासमा पुर्याएको छ । यसले मुटु नै छेडेको छ ।
महंगो डिजेल पेट्रोलको मार खेप्न नसकेरै बिरोधस्वरुप ब्याउला ब्याउली र जन्तीसमेत साइकलमा सवार ! राजधानीमा फैलियो हैजा ! दुई पट चौलानी जस्तो पखाला हुनासाथ अस्पत्ताल जान चिकित्सकको सुझाव !
निर्वाचनको मिति घोषणा गर्नु अघि नै निर्वाचन अनुकूल हुने गरि सरकारले नागरिकता बिधेयक अघि बढाउने भएको छ ।
बहुमतीय प्रकृयाबाट अघि बढाउने गठबन्धन सरकारको तयारी । भ्रस्टाचारले नेटो काट्यो । नासुले कसरी जोडे सांढे दुई करोडको सम्पति ? यो रहस्यको विषय छ ।
अहिले बढी राजनीतिक नेतृत्व र कर्मचारीहरुबाट भ्रस्टाचारको ज्यादती भएको तथ्य बिज्ञहरुले पत्ता लगाएका छन ।







