Comments Add Comment

Advertisment

SKIP THIS

बाँके एसपी अधिकारीको एक्सन २० लाख बराबरको भन्सार छलिको समान पक्राउ

१० असार , काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छली ल्याएको सामानहरुको खरिद विक्रीको कुनै कागजात समेत नभएको ठुलो परिमाणको चिनी र दाल पक्राउ गरेको छ ।

प्रहरीले नेपालगंज उप–महानगरपालिका वडा नं. १ नन्दनी मिलको प्राङगणमा भन्सार छली चोरी पैठारीको सामान रहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय बाट खटिएको विशेष अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा भित्राएका सामानहरु भण्डरण गरी राखेको अवस्थामाबाट बरामद गरेको हो ।

प्रहरीका अनुसार, उक्त स्थानमा तलासी लिदा खरिद विक्रीको कुनै कागजात नभएको ५२० वोरी चिनी (प्रतिवोरी ५० किलोग्राम) अं.मुल्य रु १८,२०,०००।– र बोडीको दाल ५१ वोरा (प्रतिवोरी ३० किलोग्राम) अं.मुल्य रु १,०७,०००।– गरि जम्मा रु १९,२७,०००।– (उन्नाईस लाख सत्ताईस हजार) बराबरको फेला पारी बरामद गरेको हो ।

उक्त सामान बरामद गरि आवश्यक कारबाहीको लागी नेपालगंज भन्सार कार्यालय नेपालगंज बुझाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै