Comments Add Comment

Advertisment

SKIP THIS

जसपा विवाद : दुवै पक्षको छुट्टाछुट्टै बैठक बस्दै

९ साउन ,काठमाडौ । जनता समाजवादी पार्टी नेपालको दुवै समूहको छुट्टा छुट्टै कार्यकारिणी समितिको बैठक बस्ने भएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर समूहको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा १ बजे बस्नेछ भने अर्का अध्यक्ष उपेन्द्र यादव समूहको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा १२ बजे बस्ने बताइएको छ ।

निर्वाचन आयोगले हेड काउन्टरका लागि दुवै पक्षका आयोगमा उपस्थित हुन भनेपछि त्यसको तयारीका लागि दुवै समूहको बैठक छुट्टा छुट्टै बस्न लागेको हो । दुवै समूहले आआफ्नो पक्षमा बहुमत पुर्‍याउनका लागि प्रयास गरिरहेका छन् ।

हेड काउन्टरका लागि निर्वाचन आयोगले दिएको आदेशको विरुद्ध ठाकुर पक्षले उपेन्द्र यादवलाई समेत विपक्षी बनाई सर्वोच्च अदालतमा हिजो रिट दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment