Comments Add Comment

Advertisment

SKIP THIS

सरकारी नियुक्तिका लागि नक्कली प्रमाणपत्र पेश तिमल्सिना पक्राउ

१५ असार , काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि पेश गरेको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि प्रहरीले ललितपुर कुसुन्तीका माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास वोर्डको सञ्चालकमा नियुक्तिका लागि तिमल्सिनाले पाटन क्याम्पसबाट स्नातक उतीर्ण भएको शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । तर उनले पेश गरेको प्रमाणपत्रहरु कीर्ते गरेको खुलेपछि पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।ललितपुरको थसिखेलबाट पक्राउ परेका तिमल्सिनामाथि लिखत सम्बन्धी कसूरमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

नक्कली शरणार्थी बनाइ करोडौँ असुली

Advertisment

छुटाउनुभयो कि? सबै

नक्कली शरणार्थी बनाइ करोडौँ असुली