काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ ।सोमबार प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डलाई भेट्न लिउ टोलीसहित पुगेका हुन् । भेटवार्तामा दुईबीच विविध विषयमा कुराकानी भएको छ ।भेटवार्तामा प्रचण्डले नेपाल सरकार र आफ्नो पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका छन् । यस्तै, विगतदेखि सहयोग गर्दै आएको चीनले अझैँ थप सहयोग गर्नुपर्ने धारणा पनि प्रचण्डले राखेका छन् ।
बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्डको भनाई उद्धृत गर्दै नेपालको भूमिमा चीन विरोधी कुनै गतिविधि हुन नदिने बताए ।बैठकपछि उनले भने, ‘नेपालले जहिलै पनि चीनलाई असल मित्रको रुपमा स्वीकार गर्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै राम्रो सम्बन्ध विकास गर्न चाहन्छ । नेपालको भूमि भएर चीन विरोधी कुनै गतिविधि नदिने कुरामा सिंगो नेपाल सरकार पार्टी प्रतिवद्ध भएको विचार व्यक्त गर्नुभयो ।’
लिउसँग प्रचण्डले भने- नेपालको भूमिमा चीन विरोधी कुनै गतिविधि हुन दिन्नौँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
३
तारकेश्वरमा युवाको नयाँ शक्ति उदायो: ‘द अनकाउन्टेड युथ’को नेतृत्वमा निरज थापा, सामाजिक परिवर्तनको घोषणा
२०८३ बैसाख १९ गते , शनिबार
४
अस्पताल जान्छु भन्दै घरबाट निस्किएकी सरिता तिवारी तीन दिनदेखि बेपत्ता, परिवार चिन्तित
२०८३ बैसाख १३ गते , आइतबार
सम्बन्धित खवर
Advertisment




