Comments Add Comment

Advertisment

SKIP THIS

सात लाख हिनामिना गर्ने वडासचिव अख्तियारको फन्दामा

२८ असार , काठमाडौ । सर्लाहीको तत्कालिन सलेमपुर गा।वि।सका वडासचिव धुव्र नारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनले विभिन्न व्यक्तिको नाममा सात लाख ५१ हजार रुपैयाँ निकाली सरकारी रकम हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज ध्रुव नारायण झालाई रु.७,५१,०००।– (सात लाख एक्काउन्न हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए अनुसार ऐ। ऐनको दफा ३९१० र दफा ३ को (१) (ङ) बमोजिम जरिवाना र कैद सजाय हुन तथा हिनामिना हानिनोक्सानी भएको बिगो ऐ। ऐनको दफा १७ बमोजिम निज ध्रुव नारायण झाबाट असुल उपर गरी पाउन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै