Comments Add Comment

Advertisment

SKIP THIS

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

२७ साउन ,काठमाडौ । मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका वडा नं –२ बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीलाई ५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार मंगलबार बिहान श्रीराम कामीले ५५ वर्षीया कामीलाई सिलौटाको लोहोराले हिर्काउँदा मृत्यु हो ।

श्रीमानले लोहोरो प्रहार गर्दा टाउकोमा गम्भिर चोट लागेर घाइते भएकी उनलाई तत्काल उपचार गर्न पश्चिम क्षेत्रीय अस्पताल पोखरा ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको डीएसपी हमालले बताए ।

अहिले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment