Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२ श्रावण , काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ निबुवाटारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा पैदलयात्री राप्तीसोनारी गाउँपालीका–५ बिनौनाका अन्दाजी ५० वर्षीय बुचु थारु रहेका छन्।

अन्दाजी २३ वर्षीय नविन बुढामगरले चलाएको भे ७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट आइतबार बेलुकी राती ८ बजे घाइते भएका थारुको उपचारको क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका चालक बुढामगरलाई भने उपचारको लागी नर्सिङहोम नेपालगन्ज पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै