Comments Add Comment

Advertisment

SKIP THIS

कास्कीमा १३ वर्षीया बालिका बलात्कृत

२ श्रावण , काठमाडौं । कास्कीमा एक जना १३ वर्षीया बालिकालाई बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१३ बस्ने पर्वत कुश्मा नगरपालिका–६ घर भएका २४ वर्षीय खिम बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती बालिकालाई ललाइफकाइ शुक्रबार राति सोही महानगरपालिका–५ लब्लीडाँडामा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै