Comments Add Comment

Advertisment

SKIP THIS

चीनको ता शु सौर्य मास

५ साउन , काठमाडौँ । ता शु, चीनको २४ सौर्य मासहरूमध्यै १२औँ हो। साथै यो ग्रीष्म ऋतुको अन्तिम सौर्य मास पनि हो। यस वर्षको ता शु जुलाई २३ तारिख पर्दछ। चिनियाँ शब्द शुको अर्थ गर्मी हो र ता शु भनेको प्रचण्ड गर्मी हो।

ता शु सौर्य मासमा उत्तरी क्षेत्र ओसिलो रहने र धेरै पानी पर्ने भएकोले कृषि बालीका लागि निकै राम्रो मानिन्छ। दक्षिणी क्षेत्रमा भने बाढी तथा आँधी जस्ता प्रकोपले दुःख दिने गर्दछ। त्यसैले चीनका विभिन्न क्षेत्रका किसानहरूले एकातिर राम्रो मौसमको सदुपयोग गरी बाली रोप्ने गर्छन् भने अर्कोतिर बाढी तथा आँधीको प्रतिरोध गर्दै परिपक्व बालीलाई छिटै भित्र्याउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै