५ साउन , काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भरत बहादुर बोहराद्वारा प्रहरी परिसर मातहत कार्यालयहरु निरीक्षण गर्ने क्रममा प्रहरी बृत्त गौशाला र प्रहरी बृत्त जनसेवाको निरिक्षण तथा निर्देशन दिएका छन् ।

एसएसपी बोहराले बिहीबार विहान प्रहरी वृत्त गौशाला र प्रहरी वृत्त जनसेवाको निरीक्षण तथा निर्देशन कार्यक्रममा सरकारको प्रतिनिधित्व गर्ने राज्य संयन्त्रहरूमा प्रहरीनै पहिलो प्रतिनिधि पात्रको रूपमा रहने हुदा प्रहरीले गरेको कार्यले सरकारको पक्ष विपक्ष जनमत तयार गर्ने हुनाले निश्पक्ष र भेदभाव रहित अनुसन्धान, बोली व्यवहारमा नम्रता-शिष्टता एवं व्यवसायिक भएर कार्य गर्न प्रहरी कर्मचारीहरूलाई एसएसपी बोहराले निर्देशन दिनु भयो ।

कार्यक्रममा बोल्नुहुदै एसएसपी बोहराले राजधानीमा सबै जिल्लाको मानिसहरूको बसोबास हुने, प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्दै सो कुरा अन्तराष्ट्रिय जगतमा समेत सम्प्रेषण हुने भन्दै उहा भन्नुहुन्छ “काठमाण्डौ शान्त-सुरक्षित बनाउनुस देश आफै शान्तफर सुरक्षित हुन्छ त्यसको लागि तपाईलाई दिईएको जिम्मेवारीमा कहीं नचुक्नु” । प्रहरी कार्यालयमा आउने सेवा ग्राही पिडित भएरनै आउने हुनाले उहाँहरूको परेको पिरमर्कालाई आफुलाईनै परेको पिडा हो भन्ने सम्झि, सरल छिटो छरितो तरिकाले सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो । कर्तव्य पालनाको शिलशिलामा आफ्नो पदिय हैसितमा म ठूलो हुँ भन्ने भावनालाई थाति राखी जिम्मेवारीको गहनतालाई बुझि जिम्मेवार भई सेवा प्रवाह गर्न समेत निर्देशन दिनु भयो ।





