Comments Add Comment

Advertisment

SKIP THIS

इनारमा एक पुरुषको शव फेला

७ साउन , काठमाडौँ । सिरहाको गोलबजारमा इनारमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। उक्त शव गोलबजार नगरपालिका-९ डन्डाका ४५ वर्षीय रामजतन पासवानको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । पासवान हिजो बेलुकादेखि हराइरहेको र उनको चप्पल र गञ्जी इनार नजिकै फेला परेको प्रहरीले बताएको छ।

शनिबार बिहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालिएको थियो । यही क्रममा शव पनि देखिएको बताइएको छ । प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरे पनि नसकेपछि इटहरीबाट गोताखोर टोली बोलाएर शव निकाल्ने प्रयास भइरहेको छ।

इनारमा अक्सिजनको मात्रा कम भएकाले निकाल्न नसकिएको स्थानीयको भनाइ छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै