८ साउन , काठमाडौँ । झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर ३ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजेबाट हराएका झापा कमल गाउँपालिका-४ बस्ने शंकरदेव श्रेष्ठ शनिबार बिहान माछा पोखरीमा मृत अवस्थामा फेला परेका थिए । श्रेष्ठ मृत फेला परेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटि गई अनुसन्धान कार्य भईरहेको छ ।
त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका-९ भेडुवाथान बस्ने दिलिप सुतियारको ३ वर्षीय छोरा राहुल सुतियार शनिबार बेलुका ५ बजे घरबाट हराएकोमा आफन्तहरुले घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा फेला पारी तत्काल उद्दार गरी उपचारको लागी रंगेली अस्पताल ल्याउने क्रममा बाटोमाटनै मृत्यु भएको हो भने झापाको मेचिनगर नगरपालिका-१२ धाईजन का ७३ बर्षीय डम्बर बहादुर गुरुङ शनिबार बिहान ९ बजे घर नजिकै खेतमा लडि अचानक टाउको खेतको हिलोमा डुवि मृत्यु भएको खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।


