Comments Add Comment

Advertisment

SKIP THIS

विभिन्न मुद्दामा फरार तीन जना प्रतिवादी पक्राउ

१६ साउन , काठमाडौं । प्रहरीले सुर्खेत, मुगु र दैलेखका गरी तीनजना विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जरिवाना तोकिएका उनीहरुले म्याद पुरा नगरेर नै फरार बनेका थिए । सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–९ बस्ने वर्ष ५६ का दुर्गाजंग शाहीलाई अंश मुद्दाका फरार रहेको भन्दै पक्राउ गरेको छ । उनलाई आइतबार वीरेन्द्रनगरकै कालिन्चोकबाट पक्राउ गरेको हो ।

उनलाई रू. ३८ हजार ५९५ रुपैयाँ जरिवाना तोकिएको थियो । तर उनी फरार भएका थिए । प्रहरीले गोप्य सूचनाका आधारमा लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिएको हो । यस्तै मुगु प्रहरीले लागु औषध मुद्दामा फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खत्याड गाउँपालिका–५ बस्ने वर्ष ४२ का देवसिंह रोकाया रहेका छन् ।

उनलाई लागुऔषध मुद्दामा ६ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएको छ । यस्तै दैलेख प्रहरीले बाल यौन दुरुपयोग मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुराँस गाँउपालिका– ८ का वर्ष २७ का तुलसी खत्री रहेका छन् ।

उनलाई गत असार १४ गते जिल्ला अदालत दैलेखले बालयौन दुरुपयोग मुद्दामा १० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । उनी त्यसयता फरार थिए । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेले पक्राउ परेका फरार अभियुक्तहरूलाई सम्बन्धित जिल्ला अदालतमा बुझाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै