Comments Add Comment

Advertisment

SKIP THIS

ठमेलभित्रको अव्यवस्थित तार हटाइने

२० साउन , काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेललाई व्यवस्थित र सुन्दर बनाउने निर्णय गरिएको बताए । जसका लागि ७ सदस्यीय समितिसमेत गठन गरेको छ ।

ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र देखिएका ढलको समस्या, पार्किङको समस्या, समस्या समाधानका लागि काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै