Comments Add Comment

Advertisment

SKIP THIS

चोरीमा संलग्न रहेको अभियोगमा युवक पक्राउ

२२ साउन , काठमाडौं । बराहक्षेत्र नगरपालिका-१ चतरास्थित औलिया ज्वलर्सबाट सुनचाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय अनिल बराइलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त ज्वलर्सबाट सुनचाँदीका गरगहना चोरी भएको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चोरीमा संलग्न बराईलीलाई पक्राउ गरेको हो ।

साथै उनको घरकोठा तलासी गर्दा दराज पछाडी कालो झोलामा लुकाई छिपाई राखिएको चोरी भएको ६ तोला ८३ लाल सुनका गरगहना र २ सय ९७ तोलाको चाँदीका गरगहना प्रहरीले फेला पारी बरामद गरेको छ ।

उनी उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै