Comments Add Comment

Advertisment

SKIP THIS

नाबालिक छोरीलाई शौचालयको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ

२३ साउन , काठमाडौं । छ महिने छोरीलाई शौचालयको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन्।

छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुंगा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाल शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।

रामपुर–१० का २२ वर्षीय कुमालसँग साउन १० गते रानाले घरमा कसैलाई नसोधी छ महिनाको छोरीसहित भागी विवाह गरेको निवेदन परिवारले प्रहरीमा दिएसँगै खोजी गर्ने क्रममा साउन २० गते शुक्रबार गल्याङ बजारबाट नियन्त्रणमा लिइएको प्रवक्ता खनालले बताए।

पक्राउ गरी अनुसन्धानका क्रममा लक्ष्मीले ६ महिनाकी छोरीलाई १० गते राति १२ बजेको समयमा घरकै अस्थायी शौचालयको खाल्डोमा फालेको खुलेको थियो। खोजी गर्दा सडेगलेको अवस्थामा बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले लक्ष्मी र केदार दुवैलाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरू गरेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै