Comments Add Comment

Advertisment

SKIP THIS

ईलाका प्रहरी कार्यालय बन्दिपुरको नव-निर्मित भवनको उद्‍घाटन

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले तनहुको बन्दिपुरमा निर्माण सम्पन्न भएको ईलाका प्रहरी कार्यालय बन्दिपुरको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।       

नेपाल सरकारको नियमित बजेटबाट तनहु जिल्लाको बन्दिपुर गाँउपालिका-०४ बन्दिपुरमा निर्माण सम्पन्न उक्त प्रहरी कार्यालयमा प्रहरी कार्यालय भवन, मेष, ब्यारेक, शौचालय लगायतका भवनहरु निर्माण गरिएको हो । उद्‍घाटन पश्चात मन्त्री विश्वकर्माले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री विश्वकार्माले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिर मर्कालाई सम्बोधन गर्न आवाश्यक पर्ने भौतीक पुर्वाधार उपलब्ध गराउन प्रदेश सरकार सदैब लागी परिरहेको बताउनुभयो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले भौतिक पुर्बाधार तथा दक्ष जनशक्तिको पर्याप्तता भएमा प्रहरी कार्य सम्पादनमा सहजहुने बताउनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुं का प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी, स्थानिय जनप्रतिनिधिहरु र आम नागरिकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै