Comments Add Comment

Advertisment

SKIP THIS

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

२८ साउन काठमाडौ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसीरहेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागवण्डाको विषयमा छलफल भइरहेको छ ।

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको लागि आम निर्वाचन घोषण गरे सँगै सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेको छ ।

गठबन्धनको कार्यदलले खोजेको सहमतिका आधारबारे दलमा आन्तरिक छलफल सुरु भएको छ । यसै विषयमा केन्द्रित रहेर नेपाली काँग्रेसको पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment