Comments Add Comment

Advertisment

SKIP THIS

‘प्रेमगीत-३’ हिन्दी भर्सनको टिजर सार्वजनिक (टिजरसहित)

२८ साउन काठमाडौ ।  फिल्म ‘प्रेमगीत–३’को हिन्दी भर्सनको टिजर सार्वजनिक भएको छ । यो फिल्म आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ ।

भारतीय ट्रेड एनालिस्ट कोमल नाहटाले ट्विटरमार्फत् फिल्मको हिन्दी टिजर सार्वजनिक गरेका छन् । झन्डै एक मिनेट लामो टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । टिजरमा अभिनेता प्रदीप खड्कालाई प्राथमिकतामा साथ प्रस्तुत गरिएको छ ।

राजपरिवारमा जन्मिएको प्रेम (प्रदीप खड्का)लाई गीत (प्रेमिका) र राजगद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई टिजरमा देखाइएको छ । हिन्दीमा प्रदीपको भागको डबिङ संकेत म्हात्रेले गरेका हुन् । उनले साउथका कयौं सुपरस्टार कलाकारहरुको हिन्दी डबमा गरेका छन् ।

यूट्युबमा फिल्मको हिन्दी डब टिजर आशुसेन फिल्मसको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ भने नेपाली टिजर ओएसआर डिजिटलको यूट्युब च्यानलमा हेर्न सकिन्छ ।

फिल्मको हिन्दी टिजर सार्वजनिक गर्न निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्का बिहीबार मुम्बई गएका थिए । शनिबार मुम्बईमा एक कार्यक्रमबीच टिजर सार्वजनिक गरिएको हो ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्तरुपमा निर्देशन गरेको फिल्ममा प्रदीपका अलावा अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment