Comments Add Comment

Advertisment

SKIP THIS

खानेपानी लिमिटेडका प्लम्बर अख्तियारको नियन्त्रणमा

३१ साउन , काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाङ्काल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई सेवाग्राहीसँग लिएको घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट टोली खटिएको थियो । सोही क्रममा टोलीले खुलाललाई सेवाग्राहीबाट लिएको पाँच हजार घुस रकम सहित नियन्त्रणमा लिएको हो । उनलाई खानेपानीको कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै