Comments Add Comment

Advertisment

SKIP THIS

नेता प्रदिप गिरीको निधन 

हार्दिक श्रद्धाञ्जली !
नेपालका प्रगतिशिल तथा बौद्दिक नेता , नेपाली कांग्रेसमा आवद्द भएर पनि  बामपन्थीको इतिहाससमेत विश्लेषण गर्न सक्ने  प्रखर बिद्वान, सालिन, भद्र स्वभावका, संसदीय अभ्यासमासमेत सुक्ष्म अध्ययन राख्ने , निश्चित पार्टीको स्वार्थमा मात्र नलागी समग्रमा रास्टृय चिन्तन बोकेका आदरणीय नेता प्रदिप गिरीको गयराती भएको देहवासनले स्तब्ध बनाएको छ ।

मार्क्सवादको अध्ययनमा रुचि राख्ने गिरीले लेनिनको जीवनीवारे लेख्नुभएको लेखवाट बामपन्थीहरु निकै नै प्रभावित भएका छन ।

सिराहमा जन्मिनुभएका गिरी संधै  सादा जीवन उच्च बिचारबाट प्रेरीत हुनुहुन्थ्यो । उहाँ  २०५१ सालको प्रतिनिधिसभाबाट सांसदमा निर्वाचित हुनुभयो । संबिधानसभाको चुनावमा समानुपातिक सांसदमा चयन हुनुभएका गिरी २०७४ सालको चुनावमा सिराहबाट प्रतिनिधिसभावाट चुनाव जित्नुभए पनि संधै लेखन र देशको चिन्तनमा ध्यान दिने गिरीले कहिलै पदको लोभ गर्नुभएन ।

प्रतिनिधिसभामा बोल्दासमेत संधै पार्टीगत हित भन्दा पनि रास्टृय हितमा ध्यान दिने  गिरी नेपाली राजनीतिमा एक उदाहरणीय नेताको छवि बनाउन सफल हनुभयो ।

राजनीतिमा विचार चाहिन्छ र त्यो विचारलाई अघि बढाउने निष्ठावान आदर्श व्यक्ति चाहिन्छ । नेपाली कांग्रेसले मात्र होइन संभवत अन्य क्रान्तिकारी हुँ भन्ने कम्युनिस्ट नेताहरुले समेत उहाँबाट धेरै कुराहरु सिक्नुपर्ने हुन्छ ।

पद, पैसा र शक्तिलाई नै सर्वस्व ठान्ने नेपालको राजनीतिको हिलोमाथि फक्रेको कमल हुनुहुन्थ्यो प्रदीप गिरी । वास्तवमा उहाँ विचार, निष्ठा र आदर्शको मिसाइल हुनुहुन्थ्यो । हालको नागरिकता र सीमा सम्बन्धि विवादको विषयलाई लिएर मा. प्रदिप गिरीले भन्नुभएको थियो कि, ” सिक्किमलाई बुलेटले जितेपनि नेपाललाई ब्यालेटले जित्नुपर्छ भन्दै योजना बनाउने इन्दिरा गान्धी हुन र त तराईमा फर्जी नागरिकताको खेल भएको ! यो कुरा नेपालका बुद्दिजीवीले कहिले बुझ्ने ? अनि संसदमा  सभासदले शब्दकोश पल्टाएर मात्र्  बस्ने होइन कि तुरुन्त बोडरसाइड सुरक्षाको लागि तयारी गर्नुपर्यो ! ” अहिले आएर यहि नागरिकता बिधेयक सम्बन्धमा कति बिबादको स्थिति आएको छ ।

त्यसैले त  उहाँको निधनले नेपाली राजनीतिमा अपुरणीय क्षति भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस शोकको घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समबेदना ब्यक्त गर्दछौं ।
खिमराज गिरी
केन्द्रीय सदस्य
नेपाल दशनामी समाज
तथा समग्र news24galaxy.com  परिवार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै