Comments Add Comment

Advertisment

SKIP THIS

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

५ भदौ , काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोग्राम सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नागरिक राहादानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई अवैध रूपमा ल्याएको सुनसहित विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तु देखिएको थियो ।

त्यसछि उनलाई प्रहरी वृत्त गौशालामा लगि शौच गराउँने क्रममा मलद्वारबाट अर्धठोस वस्तुको ४ वटा पोका (सुन) फेला परेपछि पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment