Comments Add Comment

Advertisment

SKIP THIS

मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

२५ भाद्र , काठमाडौँ । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् ।

सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए ।

सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानहरूमा फेला पारेका थिए ।
‘यो हाम्रो काउन्टी र हाम्रो समुदायको लागि दुःखद र भयानक दिन हो’ सेसिल काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारहरूलाई बताएका छन् ।

घटनाबारे सक्रिय रूपमा अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment