Comments Add Comment

Advertisment

SKIP THIS

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

२५ भाद्र , काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी-९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको भे १ ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ५४५० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक खड्गविक्रम श्रेष्ठको मृत्यु भएको छ ।

मोटरसाइकल चालक राप्तीसोनारी-३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मोटसाइकलमा सवार अर्का सावित्रा थारू गम्भीर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

डुबेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

बोलेरोको ठक्करबाट एक जनाको मृत्यु