Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको ७२ लाखसहित एक जना पक्राउ

२८ भाद्र , काठमाडौँ । रुपन्देहीको सीमा क्षेत्र सुनौलीबाट स्रोत नखुलेको ७२ लाख रकमसहित भैरहवाका एक युवक पक्राउ परेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार पक्राउ परेका हुन् । सुनारको साथबाट नगद नेपाली रुपैया ७२ लाख ८० हजार बरामद गरिएको सुनौली प्रहरी चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले जानकारी दिए ।

सोमबार नेपाली गाडीमा नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा स्रोत नखुलेको नगद सहित सुनार पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै